नेपालगञ्ज : भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा दिन थालिएको छ । जिल्ला आपत्तकालीन कार्यसंचालक केन्द्र बाँकेका अनुसार मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग जनशक्ति व्यवस्थापन गरिएको छ ।
भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते शारीरिक चोट र परिवारका सदस्यहरु गुमाएका बिरामी, परिवार र कुरुवाहरुका लागि मनोसामाजिक परामर्श र उपचार गर्न मानसिक रोग विशेषज्ञ र मनोसामाजिक परामर्श तालिम प्राप्त २ जना चिकित्सक र १ जना नर्सको ब्यवस्था गरिएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
त्यसका लागि अस्पतालका कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लीला देवकोटा, डा.प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाताका रुपमा कमला डाँगीलाई जिम्मेवारी तोकिएको छ ।