राहदानी र राष्ट्रिय परिचयपत्रको निःशुल्क फाराम भरिँदै

सदरलाइन संवाददाता १४ कार्तिक २०८०, मंगलवार १६:१६
 

नेपालगञ्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालयबाट प्रदान गर्दैआएको सेवा सुविधाहरु सेवाग्राहीमैत्री बनाउँदै लगेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने ब्यवस्था मिलाएको हो ।

राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम कार्यालय परिसरभित्रै निःशुल्क भर्नका लागि कर्मचारीलाई जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, ‘सेवाग्राहीले आफ्नो प्रमाण लिएर कार्यालयमा पुगेमा सम्बन्धित फाँटबाटै निःशुल्क फाराम भर्ने व्यवस्था मिलाइएको छ ।’ फाराम भर्नका लागि अतिरिक्त समय र ब्ययभार नलाग्ने भएपछि सेवाग्राही खुशी भएका छन् ।


राष्ट्रिय परिचयपत्रसहित राहदानीको पनि अनलाइन फारम जिल्ला प्रशासनले नै निःशुल्क भरिदिने व्यवस्थाको शुरुवात गरिएको छ । फाराम भरेकै दिन फोटो समेत खिच्ने गरिएको छ । राजस्व रकम तिरेर एकै दिनमा सेवा पाउने प्रशासनले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको अनलाइन फारम पनि प्रशासनका कर्मचारीले निःशुल्क भरिदिने भएकाले एक रुपैयाँ पनि खर्च नभई एकै दिनमा काम सम्पन्न हुने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जीपको ठक्करबाट दाङमा एकजनाको मृत्यु

१४ कार्तिक २०८०, मंगलवार १६:१६
नेपालगञ्ज : दाङको राजपुर गाउँपालिकामा तरकारी बोकेको पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गढवा–राजपुर हुलाकी सडकखण्ड अन्तर्गत राजपुर गाउँपालिका–२ समयथान नजिक लु ३ च ३८५३ नम्बरको पिकअप भ्यानले मंगलबार राति रा २ प ४९११ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक राजपुर […]