नेपालगञ्ज : दशैँ बिदाको सदुपयोग गर्दै धेरैले घुम्नका लागि अनेकन गन्तव्यहरू बनाउने गरेका छन् ।
यस्तोमा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश कैलाली जोड्ने कर्णाली नदी माथिको पुल पनि आकर्षणमा पर्ने गरेको छ ।
कर्णाली पुलमा दसैँको मौकामा आसपासका जिल्ला तथा लामो यात्रा तय गरेर समेत आन्तरिक पर्यटकहरू ठूलो मात्रामा भ्रमणका लागि पुग्ने गरेका छन् ।
अधिकांश पर्यटकहरू बाँके, कञ्चनपुर, बर्दिया, कैलाली लगायतका जिल्लाबाट दसैँको छुट्टी मनाउन घुम्न जानेहरूको बाहुल्यता रहने गरेको छ ।