संभावित भारीवर्षातको कहरबाट जोगिन बाँकेमा तयारी तीब्र

सदरलाइन संवाददाता ७ आश्विन २०८३, बुधबार १८:५४
 
समाचार सारांश
Generated Using AI
  • बाँकेमा सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै विपद् पूर्वतयारी तीव्र पारिएको छ।
  • असोज ८ देखि १२ गतेसम्मका लागि जिल्लाका आठै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
  • सुरक्षा निकायलाई हाई अलर्टमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज :  मौसम पूर्वानुमान महाशाखाको सम्भावित अति भारी वर्षाको सूचनालाई मध्यनजर गर्दै बाँकेमा विपद् पूर्वतयारीलाई तिव्र पारिएको छ ।

मौसम पुर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भीषण वर्षाको पूर्वानुमान गरेपछि सो विपदबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्नको लागि सोहि अनुसार तयारी तिव्र पारिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक दिलकुमार तामाङ्गका अनुसार जिल्लाका आठै स्थानीय तहमा असोज ८–१२ लाई संवेदनशिल रुपमा लिएर पूर्वतयारी गर्न आग्रह गरिएको छ ।

यस्तै सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिनुको साथै आवश्यक तयारी गरिएको छ । बाँकेको राप्ती नदी, मान नदी डुडुवालगायतका नदी तटमा रहेका जनतालाई बादी जन्यविपदको पूर्वसूचना प्रवाह गरि उच्च सतर्कता अपनाउन भनिएको छ ।

संभावित बिपदलाई मध्येनजर गरेर आवश्यक जनशक्ति र सामाग्री तयारी अवस्थामा राख्न निर्देशन गरिएको प्रजिअ तामाङ्गले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तराष्ट्रिय पत्रकारहरूको टोलीलाई लखीसरायमा  जिल्ला अधिकारीद्वारा स्वागत

७ आश्विन २०८३, बुधबार १८:५४
समाचार सारांश Generated Using AI बाँकेमा सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै विपद् पूर्वतयारी तीव्र पारिएको छ।असोज ८ देखि १२ गतेसम्मका लागि जिल्लाका आठै स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।सुरक्षा निकायलाई हाई अलर्टमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क गराइएको छ। यो सारांश AI द्वारा सिर्जना गरिएको हो। […]

सम्बन्धित