२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

पुरिँदैछ ओजोन तहको प्वाल



  सदरलाइनडटकम/ वैज्ञानिकका अनुसार सन् २००० मा अन्टार्कटिका माथिको आकाशमा रहेको ओजोन तहको प्वालको क्षेत्रफल झण्डै भारतको क्षेत्रफल जत्तिकै ठूलो रहेकोमा सन् २०१५ को सेप्टेम्बरमा त्यसको क्षेत्रफल ४० लाख वर्ग किलोमिटरले कमी आएको  दावी गरेका छन्। ओजोन तहमाथिको आकाशमा पातलिएको ओजोनको तहको विनाश रोकिएको र ओजोन तह बाक्लिँदै गएको पछिल्लोपटकको अनुसन्धानले देखाएको हो  ।
विश्वव्यापी रुपमा ओजोन तह विनाश गर्ने पदार्थहरुको प्रयोगमा गरिएको दीर्घकालीन प्रतिबन्धका कारण ओजोन तहको विनाशमा उल्लेखनीय रुपमा कमी आएको र पहिले पातलिएको ओजोन तह पनि बाक्लिँदै गएको शोधकर्ताहरुको दावी  छ ।
साथै शोधकर्ताहरुले ज्वालामुखीबाट निस्कने धुवाँ तथा रासायनिक पदार्थले पनि ओजोन तहको क्षयिकरणमा ठूलो भूमिका खेल्ने तथ्य पत्ता लगाएका छन् ।सन् १९८० को दशकमा बेलायती वैज्ञानिकहरुले

Antarctic-ozone-hole

पहिलोपटक अन्टार्कटिका माथिको आकाशमा रहेको ओजोन तहमा प्वाल परेको तथ्य पहिलोपटक पत्ता लगाएका थिए ।   क्लोरोफ्लोरो कार्वन ग्यासका कारण ओजोन तहको क्षयिकरण भएको निष्कर्ष सन् १९८६ मा अमेरिकी वैज्ञानिक सुसान सोलोमनले निकाले । यी ग्यासहरु रेफ्रिजेरेटर, एसी तथा हेयर स्प्रे लगायतका सामाग्रीहरुमा प्रयोग गर्ने गरिन्छ ।
ओजोन तहले सूर्यबाट आउने परावैजनी किरणलाई सोस्दछ र पृथ्वीमा आउनबाट रोक्दछ । ओजोन तहको विनाश हुँदा पृथ्वीमा आउने परावैजनी किरणले छालाको क्यान्सर तथा आँखाको ज्योति गुम्ने लगायतका स्वास्थ्य समस्या निम्त्याउँदछ । सन् १९८७ मा भएको मोन्ट्रियल सन्धीले ओजोन तहको विनाश गर्ने रसायनहरुको प्रयोगमा रोक लगाएको थियो ।
अमेरिकी वैज्ञानिक सोलोमन तथा बेलायतको लिड्स विश्वविद्यालयका अन्य शोधकर्ताहरुले संयुक्त रुपमा सन् २००० देखि २०१५ सम्म अन्टार्कटिकाको आकाशको ओजोन तहको निरन्तर मापन गरी पातलिएको ओजोन तह पुरिँदै गएको तथ्य पत्ता लगाएका हुन् ।
मौसम बेलुन, भुउपग्रह तथा कम्प्युटर मोडेलको सहायताले गरिएको अध्ययन अनुसार यो १५ वर्षको अवधिमा ओजोन तहको पातलीकरण ४० लाख वर्ग किलोमिटरले घटेको छ । यसरी ओजोन तहको विनाशमा कमी आउनुको मुख्य कारण वायुमण्डलीय क्लोरिनमा आएको कमी नै रहेको शोधकर्ताहरुको ठहर छ ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २०७३ असार १९ गते आइतबार
ताजा समाचार