महासंघको धाकधम्कीप्रति प्रेस चौतारी बाँकेको ध्यानाकर्षण

सदरलाइन संवाददाता २१ श्रावण २०८०, आईतवार १५:५५
 

नेपालगञ्ज : नेपाल पत्रकार महासंघको नयाँ सदस्यता र शुद्धिकरणप्रति असन्तुष्ट पक्षको कुरा नसुनिएकोे भन्दै प्रेस चौतारी बाँकेले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आईतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेस चौतारी बाँकेले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नयाँ सदस्यता र शुद्विकरण अभियान सम्बन्धि निर्णयबाट अन्याय महशुस गरी नेपाल पत्रकार महासंघ बाँके शाखामा पीडित पत्रकारहरुले तालाबन्दी गर्दै आएका छन् । आन्दोलन र तालाबन्दी गरेको लामो समय बित्दासमेत समस्या समाधानका लागि महासंघका तर्फबाट कुनै पनि पहलकदमी नभएकोप्रति प्रेस चौतारी बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ ।’– विज्ञप्तिमा भनिएको छ ।

जिल्ला शाखाको निर्णय प्रक्रियाबाट अन्याय भएको महशुस गर्दै भइरहेको आन्दोलनलाई किमार्थ नजरअन्दाज गर्न नसकिने भन्दै प्रेस चौतारी बाँकेले त्यसरी भइरहेको आन्दोलनका सन्दर्भमा वार्तामा बसी गम्भीरतापूर्वक छलफल गरेर समाधान निकाल्नुको साटो नेपाल पत्रकार महासंघ नेतृत्वतहबाट आन्दोलनको अगुवाई गरिरहेका व्यक्तिहरुप्रति धाकधम्कीको शैलिमा व्यवहार गरिनु आपत्तिजनक भएको जनाएको छ ।

‘प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शकील अहमद कादरीमाथि धाकधम्की र चेतावनी दिँदै बलजफतीको बाटो रोज्ने कार्यप्रति आपत्ति व्यक्त गर्दछौं । आन्दोलनमा उत्रिएका पत्रकारहरुले उठाएका फरक मत जिल्ला, प्रदेश र केन्द्रीय समितिबाट सुनुवाई हुनुपर्ने र त्यसका लागि वार्ताको वातावरण निर्माण गर्न अनुरोध गर्दछौ ।’– विज्ञप्तिमा भनिएको छ ।


सदस्य शुद्धिकरण र नयाँ सदस्यता वितरण प्रक्रिया विधिसम्मत ढंगबाट हुनुपर्ने स्थानमा प्रेस चौतारी निकट क्रियाशील पत्रकारलाई शुद्विकरणका नाममा हटाउने र सदस्यता नदिने कार्य भइरहेकोले त्यस्ता गतिविधि सच्याउन जोडदार माग गर्दै अन्यथा आन्दोलनमा उत्रिने चेतावनीसमेत विज्ञप्ति मार्फत दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खजुरामा धार्मिक महोत्सव हुने

२१ श्रावण २०८०, आईतवार १५:५५
नेपालगञ्ज : बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा धार्मिक महोत्सव आयोजना गरिने भएको छ । सदिऔं पुरानो मन्दिरको ब्यवस्थापनका लागि बाँके, खजुरा धार्मिक महा महोत्सवको आयोजना गर्न लागिएको हो । भदौं ३० गतेदेखि शुरु हुने महोत्सव असोज ६ गतेसम्म सञ्चालन हुने छ । महोत्सवका लागि आईतबार भएको स्थानीयको […]

सम्बन्धित