विद्यालयको भवन बनाउन भूमिपुजन

सदरलाइन संवाददाता २९ मंसिर २०७९, बिहीबार १४:०७
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका १५ स्थित राष्ट्रिय आधारभुत विद्यालय चन्नहवाको चार कोठे पक्की भवन बन्न भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्याक्रमअन्तर्गत चालु आर्थिक वर्षमा करिब ४५ लाख लागतमा चार कोठे पक्की भवन बन्ने भएको हो ।

उक्त भवनका लागि भूमिपुजन गरिएको छ । विहान पौने ९ बजे उत्तम साइतमा कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, वडाध्यक्ष दिपेन्द्रकुमार चौधरीलगयातले भूमिपुजन गरेको विद्यालयका प्रधानाध्यापक भोजेन्द्र वलीले जानकारी दिए ।


१ सय ११ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा भवनको अभाव छ । एउटा जीर्ण र जस्तापाताले छाएको भवनमा विद्यार्थीहरु जोखिम मोलेर अध्ययन गर्न बाध्य छन् । सुविधा सम्पन्न ४ कोठे भवन निर्माण हुने भएपछि विद्यार्थीको पठनपाठनमा सहजता ल्याउने प्रअ वलीको भनाई छ ।

नगर प्रमु्ख आचार्यले कोहलपुर नगरपालिकालाई शैक्षिक हबका रुपमा विकास गर्ने गरी आफुहरु लागि परेको बताए । उनले कोहलपुरका सामुदायिक विद्यालयको भौतिक संरचना सुधारदेखि जनशक्ति व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर नगरपालिकाले काम गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित

२९ मंसिर २०७९, बिहीबार १४:०७
नेपालगञ्ज : नेपालगञ्जमा बाक्लो हुस्सु लागेपछि हवाई उडान प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको राँझा विमानस्थलले जानकारी दिएको छ । राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि […]