बाँकेको खुला कारागार प्रयोगविहीन

सदरलाइन संवाददाता ५ भाद्र २०७९, आईतवार १४:४७
 

नेपालगञ्ज : खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा बाँकेको खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो ।

बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिए । तत्कालीन कृषि ज्ञान केन्द्रको दुई बिघा जमिनमा पौने दुई करोडका लगानीमा कारागारको संरचना निर्माण भएको जनाइएको छ ।


खुला कारागारका संरचना प्रयोगविहीन भइरहँदा बाँके जिल्ला कारागारमा भने क्षमताभन्दा दोब्बर कैदीबन्दी बस्न बाध्य छन् । तीन सय ५० जना क्षमताको कारागारमा सात सय ५० कैदीबन्दी कोचाकोच गरेर बस्न बाध्य छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले खुला कारागार सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेका जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सशस्त्र प्रहरीद्वारा करिब साढे ३ करोड राजश्व दाखिला

५ भाद्र २०७९, आईतवार १४:४७
नेपालगञ्ज  :  बितेका ७ महिनामा सशस्त्र प्रंहरी बल नेपाल नंम्बर. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेले गत २०७८ माघदेखि २०७९ साउन मसन्तसम्म चोरी पैठारी नियन्त्रणको क्रममा ३ करोड ३६ लाख बढीको राजश्व संकलन गर्न सफल भएको छ । गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक जनक बस्नेतले दिएको जानकारी अनुसार भन्सार चोरी निकासी, […]