जनगुनासो निवारण विषयक अन्तरक्रिया

सदरलाइन संवाददाता २५ जेष्ठ २०७९, बुधबार १४:१३
 

नेपालगञ्ज : बाँके डुडुवा गाउँपालिकाको दुइ स्थानमा जनगुनासो निवारण बिषयक सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर १ होलिया वडा नम्बर ६ हिरमिनियामा सो अन्तरक्रिया मंगलबार सम्पन्न भएको हो ।

वडाका नागरिकहरु र जनप्रतिनिधिबिच भएको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले वडाबाट प्रवाह हुने सेवा सुविधा छिटो, छरितो, गुर्णस्तरिय र प्रभावकारी हुनुपर्ने बताएका थिए । सहभागिहरुले वडा भित्रका बिभिन्न क्षेत्र तथा बस्तिहरुमा बाटो तथा सडक निर्माणमा गाउँपालिका र वडाको ध्यान जानुपर्ने, सिपविकास तथा आयआर्जनमुलक तालिम सञ्चालन गनुपर्ने, नागरिकहरुको सहभागितामा योजना तर्जुमा गर्नुपर्ने सुझाव दिएका थिए ।


कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्षर पट्टेश्वरी कुर्मी, वडा सचिब श्यामलाल गोडिया, वडा नम्बर ६ का वडा अध्यक्ष मोहन मिश्र, वडा सदस्य मादेन अली शेष, राधेश्याम भुराउ, वडा सचिब बच्छराज यादव लगायतले सहभागिहरुले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए । सहभागिहरुले राखेका विषयलाई सम्बोधन गर्दै जनप्रतिनिधिहरुले आगामी योजना तर्जुमा गर्दा नागरिकहरुको समस्यामा आधारित रहेर गर्ने र नागरिकहरुको सम्मानमा कुनै पनि आच नआउने गरी कार्य गर्ने प्रतिबद्धता गरेका थिए ।

बासका केन्द्रीय उपाध्यक्ष शिव कुमार वर्माले सहजिककरण गरेको कार्यक्रममा कार्यक्रम संयोजक मन भण्डारीले कार्यमको उद्देश्यमाथि प्रकास पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अडिटर्स एशोसिएसनमा बाँकेका पाँच जना निर्वाचित

२५ जेष्ठ २०७९, बुधबार १४:१३
नेपालगञ्ज : अडिटर्स एशोसिएसन नेपाल (अडान) हालै सम्पन्न भएको छैठौं राष्ट्रीय महाअधिवेशनबाट बाँकेका पाँच जना निर्वाचित भएका छन् । महाधिवेशनबाट द्धितिय उपाध्याक्षमा बाँकेका अब्दुल करिम खान, सचिवमा गोकर्णप्रसाद आचार्य, महिला सदस्यमा अनिता कुमारी श्रेष्ठ, खुल्ला सदस्यमा मोहम्मद जुवेर राई र लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यमा दीपकप्रसाद रेग्मी निर्वाचित भएका हुन् ।