विश्व खाद्य स्वच्छता दिवश : खाने आनीबानीमा सुधार ल्याउन जोड

सदरलाइन संवाददाता २४ जेष्ठ २०७९, मंगलवार १९:५१
 

नेपालगञ्ज : मानवको खाने आनीबानीमा सुधार ल्याउन नसकेका कारण मानव स्वास्थ्य दिनानु दिन जोखिममा पर्दै गएको एक कार्यक्रमका सहभागिले औल्याएका छन ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगञ्जले चौथो विश्व खाद्य स्वच्छता दिवश–२०२२ को बारेमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत जगत बस्नेतले मानव स्वास्थ्यलाई ध्यानमा राखेर खाने आनीबानीमा सुधार ल्याउनु पर्ने कुरामा जोड दिए ।

उनले बजारमा पाईने खानेकुराहरु स्वास्थ्यका दृष्टिले अत्यन्तै जोखिम युक्त हुने अनुगमनका क्रममा पाईने गरेको प्रसंग उल्लेख गर्दै उपभोक्ताले समेत सचेत भएर उपभोग गर्ने अवस्था सृजना गर्न उपमहानगर सहकार्य गर्न तयार रहेको औल्याए ।


जेठ २४ गते अर्थात जुन ७ तारिकका दिन मनाईने विश्व खाद्य स्वच्छता दिवश मनाउदै आएको छ । यो वर्ष साताव्यापीरुपमा मनाएको छ ।
कार्यक्रममा खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख सन्तोष दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख अमित भुषण सुमनले खाद्य स्वच्छताका बारेमा फरक–फरक कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यपत्रमाथि उपभोक्ता हित संरक्षण मञ्चका बसन्त गौतम र सदरलाइन डटकमका सम्पादक रुद्र सुवेदीले टिप्पणी गरेकोे कार्यक्रममा खाद्य प्राविधिक सहायक गौरी हमालको स्वागत तथा एकराज बुढाथोकीको सहजिकरणमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज भन्सार कार्यालय प्रमुख अर्जुन न्यौपाने, पशु क्वारेन्टाईन कार्यालयका विनय कर्ण, नेपालगञ्ज–१२ का वडा अध्यक्ष तरुण बज्राचार्य, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, जबानका अध्यक्ष टंक शर्मालगायतले आ–आफ्नो भनाई राखेका थिए ।

यसैबीच खाद्य स्वच्छता दिवस साताव्यापी मनाउने क्रममा बजार अनुगमनलाई तिब्र पारीएको, खानेकुराहरुको उत्पादन मिति, उत्पादन गर्ने स्थान, प्याकिङ्गको अवस्था तथा उपभोक्ताको हितमा भए नभएको यकिन गर्ने निरिक्षण गर्ने दोषि पाईए दण्ड सजाय गर्ने लगायतका कार्य गर्दै आएका जनाईएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले खाद्य स्वच्छता दिवसको अवसरमा साताव्यापी अनुगमन गरी ८ वटा पसल, होटल रेष्टुरेन्ट १८, सडक पेटीमा पाईने खानेकुरा १८ गरी ४४ वटा अनुगमन गरी यी बाट म्याद गुज्रेको, तथा उत्पादन मिति उल्लेख नभएको ९ हजार ३ सय ८८ मुल्य बराबरको नियन्त्रणमा लिएर नष्ट गरेको र संबन्धित निकायमा दर्ता नगरी सञ्चालनमा रहेका ३ वटा व्यवसायको कारोबार रोक्का गरेको जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा अध्यक्ष बर्माद्वारा विद्यालय भवनको ढलान पूजागरी सुरुवात

२४ जेष्ठ २०७९, मंगलवार १९:५१
नेपालगञ्ज : नेपालगञ्ज–१९ बसुदेवपुरमा रहेको सामुदायिक विद्यालय जगत ज्योति माध्यामिक विद्यालयको चार कोठे भवनको ढलानको पूजा गरी छत ढलान सुरु गरिएको छ । सो वडाका वडा अध्यक्ष परशुराम बर्माले विद्यालयको चारकोठे भवनको पहिलो छतको ढलानको पूजागरी ढलान सुरु गरेका हुन । कक्षा १० सम्म सञ्चालनमा रहेको सो विद्यालयमा विद्यार्थी चाप […]