नेपालगञ्जका मतदाताले आफुलाई न्याय गर्ने नन्दलालको दाबी

सदरलाइन संवाददाता २६ बैशाख २०७९, सोमबार १९:०१
 

नेपालगञ्ज :  राप्रपाबाट नेपालगञ्ज उपमहानगरमा मेयरमा उम्मेदवारी दिएका नन्दलाल वैश्यले आफुप्रति नेपालगञ्जका मतदाताको राम्रो रेस्पोन्स रहेको बताएका छन ।

उम्मेदवारी दिएपछि नेपालगञ्ज उपमहानगरको २३ वटै वडाहरुमा घरदैलो गरेर जनतासँग आफु प्रत्यक्ष भेटमा आफुलाई अत्यन्त स्नेह गरेको अनुभ्ती भएको बताए । उनले नेपालगञ्जका मतदाताले आफुलाई न्याय गर्ने दाबी समेत गरे ।

उनले आफु निर्वाचित भएमा उपमहानगर प्रमुखको तलव भत्ता नलिने प्रतिबद्धता गर्दै पहिलो नक्बरमा राखेका छन् । आफुले पाएको तलव भत्ता जनताहरुलाई नै सहयोग गर्ने घोषणा गरेका छन् ।


उनले नेपालगञ्ज उपमहानगरको वडानं. १५ मा कोणसभा गर्दै जनताहरुलाई भेट घाट गरेर बजार क्षेत्रमा करिब सबैतिर बाटोघाटोको विकास भैसकेको तर, गाँउमा विकास नभएको कारणले अबको विकास गाँउ तिर गर्नेमा जोड दिने बताए ।

उनीसँगै प्रचार प्रसारमा हिडेका राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले मेयरका उम्मेदवार मध्य नन्दलाल वैश्य उत्तम रहेको बताउदै नेपालगञ्जको विकासका लागि सहयोग गर्न आग्रह गरे ।

उनी आफुले ५ बर्षमा विकास गर्न नसकेको र बाँकी रहेको विकास नन्दलालले पुरा गर्ने प्रतिबद्धता समेत गरे । सो अवसरमा उपमेयरका उम्मेदवार विन्दु चर्तीमगर तथा निर्वाचन प्रचार समितिका विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मतदाताको गुनासो सुन्दै काँग्रेस उम्मेदवार पौडेल

२६ बैशाख २०७९, सोमबार १९:०१
  राप्तीसोनारी (बाँके) :  बाँकेको राप्तीसोनारी गाँउपालिका अध्यक्ष पदका उम्मेदवार तप्त पौडेले सोमबार मतदातालाई प्रत्यक्ष भेटेर उनीहरुको गुनासो सुनेका छन । मतदाताहरुको घरदैलो मै पुगेर उनीहरुका गुनासो सुनेको र धेरैका गुनासोलाई आफूले टिपोट गरेको उनले बताए । मौनअबधी सुरु हुने समय नजिकिदै गर्दा पुगेका उनले मतदाता भेटघाट कार्यलाई तिब्रता दिएको […]

सम्बन्धित