एमाले बाँकेद्वारा बागी उम्मेदवारी दिने ९ जनालाई कारवाही

सदरलाइन संवाददाता २३ बैशाख २०७९, शुक्रबार १७:१६
 

नेपालगञ्ज : नेकपा एमाले बाँकेले पार्टी निर्देशन विपरीत बागी उम्मेदवारी दिने एमाले बाँकेका ६ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ ।

पार्टीले उम्मेदवार बनाएका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने जिल्ला कमिटी सदस्य बैजनाथ १ का विजय चन्द, खजुरा ३ का विकास काउचा मगर, राप्तीसोनारी १ का पदम वली, पूर्व जिल्ला कमिटी सदस्य नेपालगन्ज १० का खुमानन्द काफ्ले, वडा कमिटी अध्यक्ष जानकी ५ का मातृका बर्मा, पालिका कमिटी सदस्य खजुरा ६ का हिरामान श्रेष्ठलाई कारवाही गरेको एमाले बाँकेले जनाएको छ ।

त्यस्तै नेपालगञ्ज ५ का वडा कमिटी उपाध्यक्ष रमजान अन्सारी, नेपालगञ्ज ६ का वडा कमिटी सदस्य मदनराज शर्मा, नेपालगन्ज ६ वडा कमिटी सदस्य हितेश भारतीलाई कारवाही गरिएको छ ।


एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतीले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको जनाउनु भएको छ । यसरी कारबाहीमा पर्नेहरुमा जिल्ला कमिटी सदस्यदेखि युवा नेतासमेत रहेका छन् ।

विज्ञप्तीमा भनिएको छ निर्वाचन जनता र जनताका बैरीहरुबीचको प्रतिस्पर्धा हो यो प्रतिस्पर्धामा जनताले जित्नु अनिवार्य छ, यसको अगुवाई नेकपा एमालेले गरेको छ । जनताले जित्नु पर्ने यो लडाईमा पार्टीका घोषित नीति विपरीत जनविरोधी कामका रुपमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिनु पार्टीको हित विपरीत हो विज्ञप्तीमा उल्लेख छ ।

One thought on “एमाले बाँकेद्वारा बागी उम्मेदवारी दिने ९ जनालाई कारवाही

  1. रेशम न्यौपाने , ढुढुवा ५, जसपा बाट वडा अध्यक्ष उम्मेदवार, पूर्व गाउँ कमिटी अध्यक्ष एबम् (पत्नी) हाल जिल्ला कमिटी सदस्य विष्णु माया न्यौपाने लाई छुट भएछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कटुवा पेस्तोलसहित दाङमा एक जना पक्राउ

२३ बैशाख २०७९, शुक्रबार १७:१६
नेपालगञ्ज : दाङको लमही नगरपालिका–३ मझगाउँस्थित प्रतिक्षालयबाट एक थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनले कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त […]

सम्बन्धित