अकाशियो दैनिक उपभोग्य वस्तुको मूल्य

सदरलाइन संवाददाता २९ चैत्र २०७८, मंगलवार १५:५०
 

नेपालगञ्ज : पछिल्लो समय नेपालमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ । सरकारी तथ्याङ्कले मूल्यवृद्धि बढेको देखाएको हो । नेपाल राष्ट्र बैंक मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार २०७८ फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । गत फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको छ ।

२०७७ फागुनको तुलनामा २०७८ फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दुधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ ।


साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको छ ।

फागुनमा काठमाडौं उपत्यकामा ६.३१ प्रतिशत, तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ फागुनमा यी क्षेत्रहरूमा क्रमशः २.५० प्रतिशत, ३.२५ प्रतिशत, ३.४० प्रतिशत र १.३१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह वैशाख पहिलो साता

२९ चैत्र २०७८, मंगलवार १५:५०
नेपालगञ्ज : मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आगामी वैशाख ६ गते हुने भएको छ । यसअघि यही चैत १६ गते निर्धारण भई स्थगित भएको दोस्रो दीक्षान्त समारोह सुर्खेतको कुइनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा वैशाख ६ गते आयोजना हुने रजिष्ट्रारको कार्यालयले जनाएको छ । विश्वविद्यालयका सूचना प्रविधिविज्ञ उपप्राध्यापक पञ्चदेव भट्टका अनुसार दीक्षान्त […]