नेपालगञ्ज : बाँके प्रहरीले बढुवा भएका कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।
प्रहरी प्रधान कार्यालय, मानवश्रोत एंव प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको पत्रका आधारमा प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्ठ नायव निरीक्षकमा, प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दारमा बढुवा भएका कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारी, डिएसपी मधुसुदन न्यौपाने, सिनियर प्रहरी अफिसरबाट दर्ज्यानी चिन्हले सुशोभन कार्यक्रम सम्पन्न भएको बाँके प्रहरीले जनाएको छ ।
बाँकेमा प्रहरी वरिष्ठ नायव निरीक्षकमा २५ जना, ८४ जना बरिष्ठ हवल्दार र ३०७ जना सहयाक हवल्दार पदमा बढुवा भएका छन् ।