कोहलपुरको फोहर व्यवस्थापनका विषयमा सर्बपक्षिय छलफल

प्रमोद रिजाल ५ चैत्र २०७८, शनिबार १७:१७
 


कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले नगरपालिका भित्र अब्यबस्थित रुपमा थुप्रियको फोहोरको व्यवस्थापनको सरोकारवालहरु बीच छलफल गरेको छ ।

कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको संयोजकत्वमा भएको सर्बदलिय छलफलमा बिगतमा भएको फोहोर ब्यवस्थापनको जिम्मा पाएको जुटायुको बिषयमा नगरपालिकाबाट भएका सम्झौतामा नगरपालिका चुकेको नगर प्रमुख रातवले बताए । नगरको फोहोर ब्यवस्थापनको लागि दिर्घकालिन समाधान खोज्दै नगरपालिकाले कदम चाल्नु पर्ने नगर प्रमुख रावतको भनाई छ ।

कोहलपुर नगरपालिकामा करिब दुइ सातादेखि फोहोर उठन सकेको छैन फोहोर उठाउदै आएको जटायुले बिभिन्न कारण देखाउदै फोहोर उठ्न नसकेपछि कोहलपुरमा फोहोरका थुप्राहरु देखिन थालेका छन् । सामाजिक सन्जालमा समेत यसको आलोचना हुदै आएको छ ।


सर्बदलिय सर्बपक्षिय छलफलमा कोहलपुर क्षेत्रमा रहेको फाहोरलाई दिर्घकालीन रुपमा समाधानको लागि डम्पिङ्ग क्षेत्र खोज्न सरोकारवाल निकायहरुले जोड दिएको थिए । कोहलपुर नगरपालिकाको सरस्वती सामाुदायिक बनमा फोहोर ब्यबस्थापनको लागि उपयुक्त स्थान भएको छलफलमा बताइएको थियो ।

बिभिन्न चरणमा सरस्वती सामुदायिक बनसँग छलफल भइरहेको तर, केकी कुराहरु मिल्न नसकेको छलफलमा बताएको थियो । फोहोर ब्यबस्थापनको लागि नगरपालिकाले सरस्वती सामसदायिक बनलाई मासिक १ लाखसम्म दिने बताएको छ । आइतबारदेखि नै कोहलपुरमा फोहोर ब्यवस्थापन हुने बताइएको छ ।

छलफलमा नेपका एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा समाजबादी ,कोहलपुर उद्योग बाणिज्य संघका अध्यक्ष ,इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख इलाका प्रसाशन कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यादी प्रहरीका लागि आइतवारदेखि भर्ना खुल्यो

५ चैत्र २०७८, शनिबार १७:१७
नेपालगञ्ज : नेपाल प्रहरीले आइतवारदेखि म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा दर्खास्त दिन पहिलो दिन नै भीड लागेको छ । बाँकेमा १ हजार ६ सय ८६ जना म्यादी प्रहरी भर्ना गरिने छ । १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले चैत ११ गतेसम्म […]