नेपालगञ्ज : नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लामा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीका १० जिल्लाका घर घरमा विद्युत पुर्याउने गरी काम अघि बढाएको हो ।
प्राधिकरणले कर्णालीवासीको हरेक घरमा विद्युतको पहुँच पु¥याउने लक्ष्यका साथ विद्युतीकरणलाई अगाडि बढाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लाका २५ नगरपालिका र ५४ गाउँपालिकामध्ये २२ नगरपालिका र २१ गाउँपालिकामा विद्युत पुगेको छ । ३ नगरपालिका र ३३ गाउँपालिकामा अझैसम्म विद्युत पुग्न सकेको छैन ।
नगरपालिका र गाउँपालिकाका कुल ७१८ वडामध्ये ३९३ मा विद्युत पुगेको छ । कर्णाली प्रदेशको समग्र विद्युतीकरण ४४.९३ प्रतिशत छ ।