वडा अध्यक्ष बर्माद्वारा श्रीनगर टोलमा सडक कालोपत्रे गर्नका लागि शिलन्यास

सदरलाइन संवाददाता १५ फाल्गुन २०७८, आईतवार १८:११
 

नेपालगञ्ज : नेपालगञ्ज वडानं १८ वडा कार्यलयको बजेटबाट भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोलमा सडक कालोपत्रे गर्नका लागि शिलन्यास गरिएको छ ।

वडा अध्यक्ष दीपक बर्माद्वारा वडाको बजेट ३१ लाख ५ हजारको लागतमा २ सय १३ मीटर कालोपत्रे सडक निर्माणका लागि टोलबासीको बृहत उपस्थितिमा आईतबार एक कार्यक्रम गरि शिलान्यास गरेका हुन ।


सो टोलमा थप सडक विस्तारका लागि पनि पहल भइ रहेको वडा अध्यक्ष बर्माले जानकारी दिए । यस्तै वडा नं १८ कारकाँदौमा लगातार सडक निर्माणले प्राथमिकता पाएको छ ।

यसै आर्थिक बर्षमा ३ वटा पीच र ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइ सकेको २ वटा पीच र ३ वटामा पीसीसी निर्माण कार्य जारी रहेको वडा कार्यालयले जनाएको छ । बाँकी सडक निर्माणको शुरूवात केही दिन मै शुरु हुने गरी तयारी गरिएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुरबिन प्रबिधिको प्रयोग गरी पित्त थैलीको उपचार अब कान्ति आरोग्यमै

१५ फाल्गुन २०७८, आईतवार १८:११
नेपालगञ्ज :  कोहलपुरपछि नेपालगञ्जमा पहिलो पटक दुरविन प्रविधिबाट पित्त थैलीको अपरेसन सेवा सुरु गरिएको छ । नेपालगञ्जको सुर्खेतरोडमा रहेको कान्ति आरोग्य अस्पतालले सो सेवा सञ्चालन ल्याएको हो । शनिबार लम्कीचुहा नगरपालिका कैलालीका पार्वती सुनार र जानकी गाउँपालिका वडा नं ५ बाँकेका राधिका यादवको सो प्रविधिको प्रयोग गरी सफल उपचार गरेसंगै […]