शुक्रवार बेलुकी ६ बजेबाट जमुनाहा नाका पूर्णरुपमा बन्द गरिने

सदरलाइन संवाददाता १२ फाल्गुन २०७८, बिहीबार १३:२९
 

नेपालगञ्ज : भारतको बहराईच, श्रावस्ती लगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने हुँदा नेपालगञ्जको जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरुपमा बन्द गरिने भएको छ ।

बाँकेसंग जोडिएका सीमानापारीका जिल्लाहरुमा विधानसभाको निर्वाचन आइतवार हुने भएपछि शुक्रवार बेलुकी ६ बजेबाट फागुन १६ गते सोमवार विहान ६ बजेसम्मका लागि सीमाना पूर्णरुपमा बन्द गरिने बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।


सीमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ । आपातकालिन सेवा बाहेक अन्य कुनै पनि सवारी साधन र पैदल यात्रुलाई समेत आवागमनको छुट नहुने एसपी अधिकारीको भनाइ छ ।

निर्वाचन प्रयोजनका लागि रुपईडिहा लगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएको तथा सीमानामा एकसाता अघिदेखिनै जाँच समेत कडा पारिएको रुपईडिहा प्रहरी थानाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी’ हुने

१२ फाल्गुन २०७८, बिहीबार १३:२९
नेपालगञ्ज : दाङको घोराहीमा ‘दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी’ हुने भएको छ । उद्योग वाणिज्य संघ दाङका अनुसार २६ फागुनदेखि ८ चैतसम्म महोत्सव आयोजना हुन लागेको हो । संघका अध्यक्ष टंकसिंह बुढाथोकीले कोरोना महामारीका कारण धरासयी बनेको अर्थतन्त्रको उत्थान र कृषि, पर्यटन प्रवर्धनमा टेवा पु¥याउने लक्ष्यका साथ महोत्सव गर्न […]