जानकी गाउँपालिकाद्वारा एम्बुलेन्स सञ्चालन

सदरलाइन संवाददाता १० फाल्गुन २०७८, मंगलवार १३:३२
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले मंगलबारदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको सेवाका लागि भन्दै गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

नागरिकलाई सहज र सुलभरुपमा स्वास्थ्य सेवा एम्वुलेन्स सेवा सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले बताए । उनले एम्बुलेन्समार्फत गाउँपालिकाका स्थानीय नागरिक सहजरुपमा सेवा दिइने बताए ।

जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भूमिसरा धितालले मंगलबार आयोजित कार्यक्रममा विधिवत रुपमा पुजाआजा गरी एम्बुलेन्स सेवाको उदघाटन गर्दै एम्बुलेन्स नपाएरै स्थानीयले ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य भएको बताइन् ।


कार्यबाहक अध्यक्ष धितालले स्थानीय नागरिकले जटिल प्रकारका बिरामी हुँदा बेहोर्नुपर्ने समस्याबाट मुक्ति पाउन् भन्नका लागि गाउँपालिकाले एम्वुलेन्स खरिद गरेको बताउँदै भनिन्, ‘अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।’

अहिले गाउँपालिकाका स्थानीय नागरिकहरु अन्य संस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स र नीति गाडीहरु महङ्गोमा भाडामा लिएर सेवा लिन बाध्य भएकोमा अब त्यस्तो बाध्यता नरहने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रानाले बताए ।

गाउँपालिकाले नेपाल सरकारको राजश्व छुट गरेर एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । गाउँपालिकाभित्रका गरिव, विपन्न, अपाङ्ग, जेष्ठ नागरिकलगायत जटिल अवस्थामा रहेका स्थानीयहरुको स्वास्थ्यलाई ध्यान दिएर गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा अस्पतालमा उपचार गराउनेले २ लाख सुविधा पाउने

१० फाल्गुन २०७८, मंगलवार १३:३२
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले क्यान्सरका विरामीलाई दुई लाख रुपैयाँसम्मको सुविधा दिने भएको छ । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको उपचार गराउने बिरामीले यो सुविधा पाउने छन् । यसका लागि क्यान्सर अस्पताल खजुरालाई लुम्बिनी सरकारले सूचीकृत समेत गरेको छ । हालै लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य, […]

सम्बन्धित