रुकुम पूर्वमा फोरजी सेवा विस्तारको तयारी

सदरलाइन संवाददाता ३ फाल्गुन २०७८, मंगलवार १३:५२
 

रुकुम (पूर्व) : रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी थालेको छ ।

रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको हो ।

पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमा टुजीको सेवा सञ्चालनमा रहेका छन् ।

अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्षण पनि गरिसकिएको नेपाल दूरसञ्चार कार्यालय रुकुम पूर्वका प्रमुख चन्दनकुमार यादवले जानकारी दिए ।

सिस्ने–२ सुद्रीस्थित नेपाल टेलिकम टावरमा फोरजी सेवाको सफल परीक्षण भइसकेको प्रमुख यादवले जानकारी दिए ।


यसैगरी विर्गुम, चुनबाङ र सेपेमा पनि फोरजी सेवा सञ्चालनका लागि उपकरण जडानको काम भइरहेको यादवको भनाइ छ ।

फोरजी सेवा सञ्चालनका लागि सफल परीक्षण सम्पन्न भएका ठाउँमा ठेकेदारले दूरसञ्चार कार्यालयलाई हस्तान्तरण गर्नेबित्तिकै नियमित फोरजीको सेवा सुचारु गरिने यादवले बताए ।

यी ४ ठाउँमा ठेकेदारले फोरजी सेवाका लागि उपकरण जडानको जिम्मा लिएको छ । ठेकेदारले उपकरण जडान गरेर सफल परीक्षणपछि दूरसञ्चारलाई हस्तान्तरण गर्नेबित्तिकै फोरजी सेवा सुचारु गरिने यादवले जानकारी दिए ।

यसैगरी निर्माणाधीन अवस्थामा रहेका टावरका लागि पनि छिटै निर्माण सम्पन्नका लागि ठेकेदारलाई ताकेता गरिराखेको पनि यादवले बताए ।

नयाँ निर्माणाधीन अवस्थामा रहेको सिस्ने–१ को सिस्ने, सिस्ने–४ को दादिङ, सिस्ने–६ को खोपीचार, भूमे–६ को महत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा बाल क्यान्सर रोगी बढ्दै

३ फाल्गुन २०७८, मंगलवार १३:५२
काठमाण्डौ : मंगलबार बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १५ मा अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्ध दिवस मनाउने गरिन्छ । बाल्यकालमा हुने क्यान्सरका विरुद्ध जनचेतना बढाउनका लागि यो दिवस मनाउन सुरु गरिएको हो । अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सर दिवसको यसवर्षको नारा ‘जीवन रक्षा : तपाईँको हातमा’ रहेको छ । हरेक वर्ष विश्वभर […]