२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

नेपालगञ्ज–१८ को विशाल चोकमा वडा अध्यक्ष बर्माद्वारा थप हाईमास्ट्लाईटको शिलान्यास




नेपालगञ्ज :  नेपालगञ्ज–१८ का वडा अध्यक्ष दीपक बर्माको सक्रियतामा बर्दिया बाईपास बिशालनगर चौकमा थप हाईमास्ट्लाईटको शिलान्यास गरिएको छ ।

स्थानीय टोलबासीको भब्य उपस्थितिमा वडा अध्यक्ष बर्माले एक कार्यक्रमको बीचमा हाईमास्ट लाईटको शिलान्यास गरेको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए ।

विशालनगर चौक सुरक्षाको दृष्टिकोणले अति संबेदनशिल भएको र सो चौक वडा नं १८ र वडा नं १ को सीमामा पनि रहेको साथै सोही चौकबाट जानकी गाउँपालिकाको बनियागाउँ, गुरुवागांउ, बुढियागांउका बासिन्दाहरु राती अबेरसम्म आवत जावत गर्ने हुनाले यस चौकमा हाईमास्टको आवश्यकता अनुसार जडानको लागि शिलन्यास गरिएको वडा अध्यक्ष बर्माले जानकारी दिए ।

उनले यही चालू आर्थिक बर्षमा केही दिन पहिला तेजनगरमा एक कार्यक्रमका बीचमा शिलान्यास गरेका थिए जुन निर्माण सम्पन्न भइ सकेको र केही दिन बत्ति सुचारु हुने अवस्थामा रहेको बताए !

यससंगै गत आर्थिक बर्षहरुमा पनि वडा नं १८ को बजेटबाट दुई वटा हाइमास्ट एउटा कारकान्दौं चौक र अर्को सिक्टा सिंचाई कार्यालयको अगाडि एसके पम्प चौकमा जडान भई सकेको छ ।

वडा नं १८ मा वडाको बजेटबाट ४ वटा हाईमास्ट लाइट जडान भइ सकेको र अन्य टोलमा पुर्बाधार निर्माण कार्य पनि तीब्र रुपमा संचालन भइ रहेको वडा सदस्य ढुंगानाले बताए । सो वडाका जनप्रतिनिधिको सक्रियतामा विकास निर्माणको काम तीब्र रुपले अघि बढेको छ ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहीबार
ताजा समाचार