बाँकेका क्रसर तथा बालुवा प्रशोधन उद्योग मापदण्ड विपरीत

सदरलाइन संवाददाता २२ माघ २०७८, शनिबार १३:४३
 

नेपालगञ्ज : बाँकेमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको अनुगमन उपसमितिले तयार पारेको प्रतिवेदनअनुसार जिल्लाका १८ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगले मापदण्ड पालना नगरेको भेटिएको हो ।

बाँकेमा २३ वटा क्रसर तथा बालुवा प्रशोसधन उद्योग छन् । तीमध्ये पाँचवटा बन्द अवस्थामा छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिचन्द्र शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका नासु बुद्धिमान विष्ट र सडक पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर प्रेम बराल सदस्य रहेको उपसमितिले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको हो ।


उक्त प्रतिवेदनले क्रसर र बालुवा प्रशोधन उद्योगहरुले ढुंगा, गिट्टी, बालुवा उत्खन्न् विक्री तथा व्यवस्थापनसम्बन्धि मापदण्ड २०७७ मा उल्लेखित दूरीसम्बनधी मापदण्ड पूरा नभएको देखिएकाले सो सम्बन्धमा जिल्ला अनुगमन समितिले आवश्यक निर्णय लिनुपर्ने उल्लेख गरिएको छ ।

उपसमितिले बुझाएको प्रतिवेदनमा क्रसर तथा बालुवा प्रशोधन उद्योगहरु मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएकाले कारवाही गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

२२ माघ २०७८, शनिबार १३:४३
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट शनिवार बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–२ बाँकेका ५० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी त्यसको भोलीपल्ट अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नहुँदा उनको शनिवार विहान साढे […]