सञ्चार नीति पारित गर्दै नेपालगञ्जको नगरसभा सम्पन्न

सदरलाइन संवाददाता २ माघ २०७८, आईतवार १६:३५
 

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाको १० औं नगरसभा आइतबार सम्पन्न भएको छ । नगरसभाले भू–उपयोग र जग्गा ब्यवस्थापनलाई ब्यवस्थित,, बैज्ञानिक र पारदर्शी बनाउने उद्देश्यका साथ भू–उपयोग ऐन संशोधन सहित पारित गरेको छ ।

नेपालगञ्न उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरका अनुसार नगरसभाले नगर सञ्चार नीति–२०७८ पनि संशोधन सहित पारित गरेको छ । नगरसभाले नेपालगञ्ज उपमहानगरपालिका र वडा कार्यालयहरुको आर्थिक विवरण र रकमान्तरण गर्ने निर्णय गरेको छ ।


नगरसभालाई सम्बोधन गर्दै मेयर डा. धवलशम्शेर राणाले आफुहरुको कार्यकाल सफल भएको बताए । कार्यपालिकामा चारवटा पार्टीको प्रतिनिधित्व भएपनि सहमतिका आधारमा निर्णय हुने गरेको स्मरण गर्दै उनले ५ बर्षे कार्यकाललाई सुनौलो समयको रुपमा लिनुपर्ने बताए ।

उनले विकास कार्य निरन्तर चल्ने भन्दै चालु आवका कार्यक्रम छिटो भन्दा छिटो सम्पन्न गर्न जनप्रतिनिधी र कर्मचारीहरुमा आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर कार्यपालिकाका प्रबक्ता वडाध्यक्ष प्रमोद रिजालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवारदेखि स्वस्थानी ब्रत शुरू

२ माघ २०७८, आईतवार १६:३५
नेपालगञ्ज : प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी ब्रत एवं माघस्नान आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र […]

सम्बन्धित