नेपालगञ्ज : पश्चिम नेपाल र भारतका पर्यटकलाई लक्षित गरेर नेपालगञ्जको बेलासपुरमा शनिवारदेखि एभियसन म्युजियम सञ्चालनमा आएको छ । नेपालगञ्ज उपमहानगरपालिका र बेद उप्रेती ट्रष्टको सहकार्यमा म्युजियम सञ्चालनमा आएको हो ।
धनगढीमा रहेको उक्त म्युजियमलाई स्थानान्तरण गरि नेपालगञ्जमा स्थापना गरिएको हो । १ करोड ८० लाखको लागतमा म्युजियम स्थापना गरिएको क्याप्टेन उप्रेतीले जानकारी दिए ।
विद्यार्थीलाई हवाई सम्बन्धी जानकारी दिने र आन्तरिक पर्यटनमा टेवा पुर्याउने उद्देश्यले म्युजियम स्थापना गरिएको हो । जहाजभित्र २ सय भन्दा बढी मोडेलका जहाजहरु पनि राखिएको छ ।
म्युजियममा पश्चिम नेपाल र एभरेष्ट क्षेत्रका ३० वटा उत्कृष्ट तस्बिर पनि राखिएको उप्रेतीले जानकारी दिए । विद्यार्थीका लागि विशेष छुटसहित टिकटको व्यवस्था गरिएको छ ।