२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

राप्तीपारी नरभक्षी बाघ कुर्दै प्राविधिकसहितको टोली



नेपालगञ्ज : बाँकेको राप्तीपारी आतंक मच्चाइरहेको बाघको सम्भावित स्थान पत्ता लागेपनि अझैसम्म नियन्त्रणमा लिन सकिएको छैन ।

बाघलाई नियन्त्रणमा लिन आहाराका रुपमा जंगलमा पाडो राखेपनि अहिलेसम्म खान नआएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले बताए ।

बाघलाई खोज्न डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृती संरक्षण कोषका स्वास्थ्य प्राविधिक, स्थानीय जनप्रतिनिधी, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समुह, प्रहरी, नेपाली सेना लगायतको संयुक्त टोली फत्तेपुर जंगलमा परिचालित भएको थियो ।

सो क्रममा उक्त टोलीले बाघको ताजा पाइला फेला पारेको हो । बाघको ताजा पाइला फेला परेपछि सम्भावित स्थानमा आहारा स्वरुप एउटा ‘पाडो’ लगेर जंगलमै छाडिएको डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए ।

मानव बस्तीदेखि करिव ४–५ किलोमिटर भित्र फत्तेपुर जंगलमा बाघको ताजा पाइला फेला परेको उनको भनाइ छ । प्राविधिक सहितको टोली पाडो खान आउने बाघलाई लठ्याएर नियन्त्रणमा लिने प्रयासमा रहेको छ ।

बाघ नियन्त्रणमा नआउँदा राप्तीपारीका स्थानीय त्रसित छन् । बाघले विगत डेढ हप्तादेखी राप्तीपारीस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ पुस २९ गते बिहीबार
ताजा समाचार