२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

राष्ट्रिय योग दिवसलाई लक्षित गर्दै बाँकेमा अन्तरक्रिया



नेपालगञ्ज : माघ १ गते हुने राट्रिय योग दिवसलाई लक्षित गर्दै सोमवार बाँकेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयुर्वेद शाखा र बाँके आयुर्वेद स्वस्थ्य केन्द्र नेपालगञ्जको आयोजनामा अन्तरक्रिया गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदिको अध्यक्ष्तामा भएको कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका डा. गिता रेग्मीले योग सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए भने आयुर्वेद सम्बन्धि कार्यपत्र आर्युवेद शाखा प्रमुख ब्रज भुषण झाले प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि लुम्बिनि प्रदेश आयुर्वेद चिकित्सक सघका अध्यक्ष डा. सन्तोस कुमार शर्मा र सम्पुर्ण आयुर्वेद औषधालयका प्रमुख, योग प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुस २६ गते सोमबार
ताजा समाचार