एमाले बाँकेको ८औं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा

सदरलाइन संवाददाता २१ पुष २०७८, बुधबार १८:२७
 

नेपालगञ्ज :  आगामी पुस २३ गते सम्पन्न हुने नेपाल कम्युनिष्ट पार्टी एमाले बाँकेको जिल्ला आठौ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । बुधबार एमाले बाँकेले पत्रकार सम्मेलनको आयोजना गरी ८ औं जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष निरक गुरुङ्गले अधिवेशनलाई भव्य र व्यवस्थित बनाउनका लागि विभिन्न उप–समितिहरु समेत बनाईएको र अधिवेशनका लागि ४ सय ९७ आयोजक कमिटीका सदस्य सहित १ हजार ३ सय ८३ जना प्रतिनिधिहरुले सहभागिता जनाउने जानकारी दिए ।


अधिवेशन नेपालगञ्जस्थित पार्टी कार्यालयमा विहान ठिक ११ बजे उद्घाटन हुने बताईएको छ । जिल्ला सचिव रत्न खत्रीद्वारा सञ्चालन गरिएको सो पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरु सूर्य ढकाल, मो हारुण, पशुपति दयाल मिश्रा, प्रदेश कमिटीका सदस्यहरु, आयोजक कमिटीका सदस्यहरुलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चिसोका कारण बर्दियाका अधिकांश विद्यालय बन्द

२१ पुष २०७८, बुधबार १८:२७
नेपालगञ्ज : अत्याधिक चिसो बढेपछि बर्दियाका अधिकाशं स्थानीय तहले बिहीवारदेखि विद्यालय बन्द गरेका छन् । केहिदिनदेखि तराई मधेशका जिल्लाहरुमा दिउँसोसमेत बाँक्लो हुस्सु र शीतलहर चल्न थालेपछि बर्दियाका विद्यालय आइतवारसम्मका लागि बन्द गरिएको हो । ह्वात्तै चिसो बढेपछि बारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाइले बिहीवारदेखि विद्यालय बन्द […]