२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

चिसो बढेपछि नेपालगञ्जका सार्वजनिक स्थानमा उपमहानगरद्वारा आगो ताप्ने व्यवस्था




नेपालगञ्ज : अत्याधिक चिसो तथा हुस्सुले जनजीवन प्रभावित बनाएपछि नेपालगञ्ज उपमहानगरले सार्वजनिक स्थानमा आगो बाल्नको लागि दाउरा खसाल्न सुरु गरेको छ ।

मंगलबार बिहानैदेखि घाम नलागि बाक्लो हुस्सु र चिसो स्याँठ चल्न थालेपछि नेपालगञ्जको त्रीभुवन चोक तथा मानिसहरु अत्याधिक भिडभाड रहने स्थानमा ड्रम राखेर दाउरा बाल्न सुरु गरिएको नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिए ।

उनले नगरका विभिन्न ५० बढी स्थानमा आगो ताप्ने व्यवस्था मिलाईएको र चिसोबाट बचाउनको लागि नगरभित्रका बिपन्न तथा आश्रय विहिनलाई समेत न्यानो कपडा वितरण गर्ने तयारी गरिएको बताए ।

नेपालगञ्जको त्रीभुवन चोकबाट बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको उपस्थितिमा उपमहानगर प्रमुख डा.धवल शम्शेर राणाले आगो बालेर उद्घाटन गरेका छन् । सो अवसरमा उपप्रमुख उमा थापामगर, प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार
ताजा समाचार