२०८३ कात्तिक ११ , मंगलबार
Sadarline
२०८३ कात्तिक ११ , मंगलबार

बाँके क्षेत्र नं. २ बाट प्रतिनिधीसभाको चुनाव लडछु : राणा



नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाले आगामी निर्वाचनमा बाँके क्षेत्र नम्वर दुईबाट प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका महामन्त्रीसमेत रहेका राणाले गृहनगर नेपालगञ्जको विकास गर्ने अभिभारा पूरा गरिसकेकाले अव राष्ट्र निर्माणको जिम्मेवारीसहित प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका हुन् ।

उनले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र राप्रपाको मुख्य एजेण्डा रहेकाले यस्लाई स्थापित गराउन सबैको सहयोगको आव्हानसमेत गरे । उपमहानगरपालिकाको विकास निर्माणमा आफुलाई नगरबासीले महत्वपूर्ण सहयोग गरेको भन्दै राणाले आगामी दिनमा पनि सहयोगको अपिल गरे ।

नेपालगञ्ज निवासी राणाले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणसँगै अव देशको विकास निर्माण गर्ने जिम्मेवारी पुरा गर्ने गरी अघि बढ्ने उद्घोष गरे ।

प्रकाशित मिति : २०७८ पुस १४ गते बुधबार
ताजा समाचार