एमाले नेपालगञ्ज वडानं. १२ को कार्यालय उद्घाटन

सदरलाइन संवाददाता १० पुष २०७८, शनिबार १६:५८
 


नेपालगञ्ज :  नेकपा एमाले नेपालगञ्ज उपमहानगर वडानं. १२ को कार्यालय उद्घाटन संगै सञ्चालनमा ल्याईएको छ । नेपालगञ्ज नर्सिङ्ग होमपछाडि आँप बगैचा नजिकै सञ्चालनमा ल्याईएको वडा कमिटीका सचिव प्रदिप सापकोटाले जानकारी दिए ।

सो वडा कार्यालय आसन्न स्थानीय निर्वाचनलाई समेत मध्यनजर गर्दै सञ्चालनमा ल्याईएको बताईएको छ । वाडा कार्यालय सञ्चालनमा ल्याउनु अघि एमालेको १० औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कमिटि सदस्य तथा लेखासमिति सदस्य, अनुशाशन आयोग तथा वडाबाट नगरकमिटीमा निर्वाचित व्यक्तिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।


एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा वडाका सल्लाहकार डम्बरराज सुवेदी, वडा कमिटी अध्यक्ष जनकराम भण्डारी, ईन्चार्ज कृष्ण थापालगायतले नव निर्वाचित केन्द्रीय सदस्यहरु मो. हारुण हल्वाई, शान्ति ढकाल, दिपा शर्मालगायतलाई खादा ओढाएर सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सशस्त्र प्रहरीमाथि बलात्कारको आरोपमा थापा पक्राउ

१० पुष २०७८, शनिबार १६:५८
नेपालगञ्ज : सशस्त्र प्रहरीमाथि बलात्कार गरेको आरोपमा रोल्पा नगरपालिका रोल्पाका प्रशासकीय अधिकृत सुशील थापा पक्राउ परेका छन् । बाँकेमा कार्यरत एक जना महिला सशस्त्र प्रहरीले आफूमाथि जबरजस्तिकरणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएपछि प्रशासकीय अधिकृत थापा पक्राउ परेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । थापालाई रोल्पा प्रहरीले […]