सीमावर्ती वासिन्दाको समस्या बुझ्दै बाँकेका प्रहरी प्रशासन

सदरलाइन संवाददाता १० पुष २०७८, शनिबार १३:४३
 

नेपालगञ्ज : बाँकेको प्रहरी प्रशासनले नेपाल र भारतका सीमावर्ती क्षेत्रका स्थानीयसँग भेटेर उनीहरुको समस्या बुझेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरीलगायत सुरक्षा प्रमुखहरु नेपाल भारत सीमामै पुगेर जनताका समस्याबारे बुझेका हुन् ।

नेपाल भारत सीमा जोडिएका जिल्लाका सुरक्षाकर्मीबीचको इन्डो नेपाल समन्वय बैठकमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न उनीहरुले जनताका समस्याका बारेमा चासो राखेका हुन् ।


पहिलो चरणको समन्वय बैठकलगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्रको स्थलगत अवस्था अध्ययन शुरु गरेका हुन् ।

छिट्टै हुने दोस्रो बैठकमा सीमा र सीमावर्ती क्षेत्रका बासिन्दाको अवस्थाका बारेमा छलफल गर्ने तयारीस्वरुप प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीको टोलीले बाँकेको पूर्वी सीमा सुइया र घोडदौडिया लगायतको क्षेत्रको वस्तुस्थिति बुझेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक साता बित्दा पनि अर्जुनको शव अस्पतालमै

१० पुष २०७८, शनिबार १३:४३
नेपालगञ्ज : कैलालीको जानकी गाउँपालिका–९ का अर्जुन दासको शव एक साता बित्दा पनि उठेको छैन । पोस्टमार्टमपछि उनको शव अस्पतालमै छ । हत्यारा पक्राउ नपरेसम्म शव नबुझ्ने भन्दै उनका आफन्तले अस्पतालबाट शव उठाउन नमानेका हुन् । अमरावती सामुदायिक वनमा मृत फेला परेका उनको शव तीन दिनपछि घटनास्थलबाट उठाइएको थियो । […]

सम्बन्धित