नेपालगञ्ज : बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई समाज सेवाको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याए वापत भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अक्याडमी दिल्लीले डा अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको छ ।
भारतीय दलित साहित्य अक्याडमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई सम्मानित गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।
उनले कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेसनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित भएको बताए । नयाँ दिल्लीमा शनिवार आयोजित एक भव्य समारोहमा उनीहरु दुबैलाई सम्मान प्रदान गरिएको क्लबले जनाएको छ ।
यसअघि बाँके युनेस्को क्लबका संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीलाई पनि भारतीय दलित साहित्य अकादमीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारवाट सम्मान गरेको थियो ।
अन्तराष्टियस्तरको सो सम्मानबाट क्लबको मान सम्मान समेत विश्वमा बृद्धि भएको जनाउँदै सम्मानित भएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले यसबाट आफुलाई झन समाजसेवा गर्ने प्रेरणा प्राप्त भएको बताए ।
बाँके युनेस्को क्लबले विभिन्न अन्तराष्टिय गैर सरकारी संस्था र सरकारी निकायहरुसंग मिलेर बाँके र बर्दिया जिल्लामा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आएको छ ।