उपचारमा सहयोगी मनको पर्खाइमा क्यान्सर पीडित सरिता

सदरलाइन संवाददाता २० मंसिर २०७८, सोमबार १५:३९
 


नेपालगञ्ज :  घोराही उपमहानगरपालिका वडा नं. १५ की ५४ वर्षिया सरिता श्रेष्ठ केसी पाठेघरको क्यान्सरका कारण भरतपुरको क्यान्सर अस्पतालमा उपचारार्थ भर्ना भएकी छन् । अस्पतालको ४०२ नं. बेडमा उपचार गराई रहेकी सरिता आफ्नो उपचारमा सहयोग पुराई ज्यान जोगाई दिने सहयोगी मनको खोजीमा छन ।

पाठेघरको समस्याका कारण नेपाल भारतका विभिन्न अस्पतालमा लामो समयको उपचारपछि गत २०७७ असार १५ मा पाठेघरको क्यान्सर रहेको पत्ता लाग्दा उपचारमा भएको सबै सम्पत्ती सकिएको बताउछिन ।

भरतपुर क्यन्सर अस्पतालको बेडमा रहेकी सरितालाई १२ वटा किमो चढाउन चिकित्सकको भने पनि किमो खरिदको लागि आफुसंंंंग सुको पैसा नहुँदा सहयोगी मन भएका दाताहरुसंग आर्थिक सहयोगको अपेक्षा गर्नु वा अस्पतालको बेडमा त्यत्तिकै छटपटाएर बस्नु उनको बाध्यता रहेको छ ।

केहि समय पहिले साईकलको पसल, जग्गा जमिन र घर पनि सरिताको उपचारको लागि बेच्नुपरेको कारण अब उनको आफ्नो रोगले थलिएको ज्यान बाहेक अन्य केही पनि नहुँदा मनकारी मनहरुको सहयोगको अपेक्षा गरेकी छन् ।


सरिताको उपचारको लागि छोरीलाई एमविविएस पढाउन तयारी गरिएको पैसा पनि आमाको उपचारमा सकिएको छ भने छोरीको एमविविएस पढ्ने सपना पनि बिराम लागेका उनी बताउछिन । उनको उपचारमा सहयोग पुर्याउन चाहानेहरुले उनका श्रीमान खोपिराम केसीलाई यो नं. मा ९८६७३४८०७३ र ठुलो दाई राजकपुर श्रेष्ठलाई ९८६८३६६२२१ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

वा आर्थिक सहयोग गर्न चाहानेले छोरी रसना केसीको नाममा रहेको ग्लोबल आईएमई बैंकको घोराही शाखाको खाता नं. ४१०७०१००१२१५४ मा सहयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अध्यक्ष भण्डारीद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्त्रण

२० मंसिर २०७८, सोमबार १५:३९
राप्तीसोनारी (बाँके) : विद्यालयमा खेल बाताबरण सृजना गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर–४ स्थित जनशक्ति माध्यामिक विद्यालयलाई सोमबार खेलकुद सामाग्री हस्तान्तरण गरेका छन् । अध्यक्ष भण्डारीले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच करिव ७० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् । […]