विपद् प्रभावितहरुको सहयोगार्थ स्वयंसेवकको क्षमता अभिबृद्धि तालिम सम्पन्न

सदरलाइन संवाददाता १२ मंसिर २०७८, आईतवार १७:५६
 


नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँकेको आयोजनामा ६ दिने समुदायमा आधारित आपत्कालिन प्रतिकार्य समुह (सिवीइआरटी) तालिम शनिवार नेपालगञ्जमा सम्पन्न भएको छ । समुदायस्तरका स्वयंसेवकहरुको खोज तथा उद्धार र प्राथमिक उपचार सम्बन्धी ज्ञान सीप प्रदान गरी विपद् प्रतिकार्यका लागि क्षमता अभिबृद्धि गर्ने अभिप्रायले तालिम आयोजना गरिएको थियो ।

छ दिनसम्म सञ्चालन भएको सो तालिममा आधारभूत खोज तथा उद्दार गर्ने विधि, उद्धार सामग्रीहरु प्रयोग, विपद्को अवस्थाको विश्लेषण, आगो र पानीबाट हूने आपत्काल, भारलाई उठाउने र स्थिर पार्ने विधि, महामारीहरु किटजन्य रोगहरु, मनोसामाजिक प्राथमिक उपचार घाइतेको जाँच (बेहोसी), मुटु तथा फोक्सो पुनर्सञ्चालन प्रकृया (सिपिआर), रक्तश्राव र क्षोभ, टाउको र मेरुदण्डको चोट लगायत विषयमा सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास समेत गराइएको थियो । तालिमका क्रममा राप्तीनदीमा कृत्रिम घटना अभ्यास गर्दै सहभागीहरुले दक्षता पूर्वक सीप समेत प्रर्दशन गरेका थियो ।


दुई समुहमा संचालन भएको सो तालिममा नरैनापुर, खजुरा, डुडुवा र राप्तीसोनारी गाउँपालिकाका महिला पुरुष गरी ४८ जनाको सहभागिता रहेको थियो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा भएको समापन र उदघाटन कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, विपद् व्यवस्थापन समितिका संयोजक नरेन्द्रकुमार पौडेल, उपनिर्देशक एवं कोर्ष कोर्डिनेटर दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गरेका थिए ।

तालिमको सहजकर्ताहरुमा नेपाल रेडक्रस सोसाइटी बाँकेका निरञ्जना मल्ल, सरिता सिंह, रुपन ज्ञवाली, प्रहलाद विश्वकर्मा, झवीलाल शर्मा, सीता वली, धनराज बुढाथोकी र शुशिल चौधरीलगायत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भैसी चराउन गएका थारुको पाटेबाघको आक्रमणमा परि ज्यान गुम्यो

१२ मंसिर २०७८, आईतवार १७:५६
बर्दिया : बर्दियाको गेरूवा गाउपालिका–४ मा आइतबार भैसी चराउन घर नजिकैको खरबारीमा गएका एक व्यक्ति पाटे बाघको आक्रमणमा परि ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार घर नजिकैको खरबारीमा भैसी चराउन गएका गेरूवा–४ राजिपुरका ६८ वर्षिय कालुराम थारूको पाटे बाघको आक्रमणबाट […]