बाँके क्षेत्र २ को सभापतिमा रमेश गुप्ता निर्वाचित

सदरलाइन संवाददाता ११ मंसिर २०७८, शनिबार १४:२१
 

नेपालगञ्ज : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित भएका छन् । स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति सहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गुप्ताले २३९ र बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे ।

यस्तै सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन । यस्तै तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको सहायक मतदान अधिकृत प्रभाकर भट्टराईले जानकारी दिए । सभापति सहित सचिव र सहसचिवमा गुप्ताको प्यानल निर्वाचित भएको छ ।


उक्त क्षेत्रमा रहेका कुल ४ सय ५१ जना मतदाता मध्ये ४ सय ४० मत खसेको थियो । गुप्ता र शाह दुबै संस्थापन पक्षका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक लाख ९४ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

११ मंसिर २०७८, शनिबार १४:२१
नेपालगञ्ज : प्रहरीले पोखराबाट एक लाख ९४ हजार २ सय अवैध अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले शनिबार मुस्ताङ लो–घेकर दामोदरकुण्ड गाउँपालिका १ घर भएका ४४ वर्षीय छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय […]