क्षेत्रीय सभापति अर्घेलो हुँदा काँग्रेस बाँकेको नेतृत्व चयनमा अबरोध

सदरलाइन संवाददाता १५ कार्तिक २०७८, सोमबार १८:४२
 


कोहलपुर (बाँके) :  नेपाली कांग्रेस बाँकेमा निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय सभापति अर्घेलो हुदाँ नयाँ नेतृत्व चयन हुनबाट अबरोध पुराएको भन्दै आक्रोश पोखिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ८ कार्यसमितिले आसन्न पर्वहरु बिजयादशमी, दिपावली, छठपर्व तथा मोहम्मद डेको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमका वक्ताहरुले सो आक्रोश पोखेका हुन ।

बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिले पार्टीको बिधि बिधान र पद्धति नमान्दा तोकिएको समयमा अधिबेशन हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दै आक्रोश पोखेका थिए । कार्यक्रमका बक्ताहरूले पार्टीको आसन्न १४ औं महाधिबेशनका सन्दर्भमा आ–आफ्नो धारणा ब्यक्त गर्दै कुनै अमुक ब्यक्तिको दम्भ र अहंकारले गर्दा पार्टीलाई बन्धक बनाउन नहुने कुरामा जोड दिए ।

क्षेत्रीय सभापतिले मनोमानी ढंगले वडा, पालिका र प्रदेश समितिले बिधानसम्मत ढंगले सिफारिस गरेका क्रियाशील सदस्यताको नामावली इन्ट्री गर्ने क्रममा नामावली थप्ने र हटाउने गरेका कारण क्रियाशील सदस्यता वितरणमा विवाद सृजना भएको कारण १४ महाधिवेशनका कुनैपनि गतिविधि सम्पन्न हुन नसकेको भन्दै उनीहरुको आक्रोश थियो ।

जिल्ला पार्टी सभापति किरण कोइरालाले पदीय दायित्वमा रहेका ब्यक्तिहरूले बिधि बिधान र पद्धती अनुसार पार्टी संचालन गर्न नसक्ने हो भने पार्टी सही दिशामा अगाडि बढ्न नसक्ने बताउदै उनले तोकिएको समयमा अधिबेशन सम्पन्न गर्न सबैलाई आग्रह गरिन् ।

सचिव तप्त पौडेलले पनि पार्टीको आगामी अधिबेशनमा पार्टीलाई बिधान बिपरित ब्यक्तिगत स्वार्थमा प्रयोग गर्ने ब्यक्तिलाई ठेगान लगाउनुपर्ने बताए । महासमिति सदस्यद्वय नारायण गौडेल र हुर्मत न्यौपानेले विभिन्न समयमा भएका आम निर्वाचनमा आफूहरूले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन सधैं अन्तर्घात गर्ने तर पदीय जिम्मेवारीको दुरूपयोग गर्दै पार्टीका इमान्दार कार्यकर्ताहरूलाई कार्वाहीको सिफारिस गरेर तेजोबद् गर्न खोजेको आरोप लगाए ।


उनीहरूले क्रियाशील सदस्यता वितरणमा सम्पूर्ण अधिकार वडा समितिलाई रहेको बताउँदै वडा, पालिका र प्रदेशले बिधानसम्मत ढंगले सिफारिस गरेका क्रियाशील सदस्यतालाई काँटछाँट गर्ने अधिकार क्षेत्रीय सभापतिलाई नभएको स्पष्ट पारे ।

नेपाली कांग्रेसका युवा नेता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय महासचिव पोषण केसीले नेपाली कांग्रेसले राणा, पंचायत र राजाको तानाशाहलाई अन्त्य गरेको बताउँदै पार्टीमा कसैको तानाशाह र अधिनायकबाद नचल्ने र पार्टीभित्रका त्यस्ता अधिनायकबादीहरूलाई आगामी अधिबेशनमा कार्यकर्ताहरूले तह लगाउने बताए ।

उनले क्षेत्रीय सभापति माधबराम खत्रीले फेरि तेस्रो कार्यकालका लागि निर्वाचन लड्ने घोषणा गरेकाले आफूले चुनाव हार्ने परिस्थिति भएको हुँदा कुनै पनि हालतमा निर्वाचन जित्नका लागि हरेक हत्कण्डा अपनाउन खोजेको तर क्षेत्रीय सभापतिका बिधि बिधान बिपरितका यस्ता प्रकारका कुनै पनि हत्कण्डा सफल नहुने बताए । युवा नेता केसीले क्षेत्रीय सभापतिकै दम्भ, अंहकार र बालहठले आजसम्म बाँकेको अधिबेशन हुन नसकेको आरोप लगाए ।

वडा नम्बर ८ का पार्टी सभापति बेलबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व क्षेत्रीय सभापति नारायण सिग्देल, क्षेत्रीय सचिब डिल्ली गिरी, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्ल, पूर्व महाधिबेशन प्रतिनिधि कृष्ण कार्की, जिल्ला सदस्यहरू चिन्तामणि धिताल, नमबहादुर आले, गौरा भट्टराईलगायतले बोलेको कार्यक्रममा पार्टीमा लामो समयदेखि योगदान गरेका बरिष्ठ नागरिकहरू हिमलाल उपाध्याय, रमेश कुमार गौतम, गोपाल अहिर लगायत ५० जना बरिष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रममा ७१ जनाले रक्तदान पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिताएयरको जाहाज बदेलसंग ठोकियो

१५ कार्तिक २०७८, सोमबार १८:४२
नेपालगञ्ज :  सीता एयरको जहाज मंगलबार बिहान नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको 9N– AHB  कल साईनको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज ३ वटा बँदेलका पाठासँग ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी […]

सम्बन्धित