नेपालगञ्ज : तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने भन्दै नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको छ ।
खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना बढी छ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएका छन् ।
आफगानीहरु भारत प्रवेश गर्नका लागि भारतीय अधारकार्डको प्रयोग गर्नसक्ने शंका रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताए । आफगानिस्तानमा तालिवानको कब्जापछि हजारौँले देश छाडेका छन् ।
प्रमुख जिल्ला अधिकारी खत्रीका अनुसार दुई दिनअघि संयुक्त सुरक्षा अधिकारीहरुको बैठक बसेर अफगानीहरु नेपाल प्रवेश गर्नसक्ने भन्दै निगरानीका लागि निर्णयनै गरिएको छ ।