खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकामा पालिका स्तरीय बालक्लव संजाल गठन भएको छ । विहीबार खजुरामा आयोजित एक भेलाले रहिमत जहाँ खाँको अध्यक्षतामा २५ सदस्यीय बालक्लव संजाल गठन गरिएको हो ।
संजालको उपाध्यक्षमा अञ्जना धिताल, सचिवमा पुस्पा विक, कोषाध्यक्षमा सुस्मिता थापा क्षेत्री र सहसचिवमा अर्जुन धिताल चयन भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिइन ।
भेलामा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले बाल अधिकार स्थापित गर्न संजालको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गरिन । कार्यक्रममा बाल अधिकार बारे अभिमुखिकरण समेत गरिएको शाखा प्रमुख न्यौपाने बताइन् । अध्यक्ष पदमा मतदानबाट र अन्य पदमा सर्बसम्मत गरिएको थियोे ।