बाँके प्रहरीद्वारा तीन महिने प्रगति विवरण सार्वजनिक

सदरलाइन संवाददाता १९ आश्विन २०७८, मंगलवार १६:४५
 

नेपालगञ्ज : बाँके प्रहरीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले मंगलवार सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजनागरी एसपी श्यामकृष्ण अधिकारीले असार १८ गतेदेखि असोज १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

यो अवधिमा १ हजार ५ सय ५० जनालाई सेवा दिइएको उनले जानकारी दिए । यस्तै यो अवधिमा २ सय ३७ मुद्दा दर्ता भएका छन् । एसपी अधिकारीले अघिल्लो वर्षको यो अवधि भन्दा पक्राउ पर्नेको संख्या भने दोब्बरले बढेको बताए ।


यस्तै यो अवधिमा २ करोड ७८ लाखको राजश्व संकलन भएको एसपी अधिकारीले जानकारी दिए । भारतबाट भन्सार छलिका अवैध सामान बरामदबाट राजश्व असुली भएको हो ।

कार्यक्रममा सहभागी स्थानीयले प्रहरीले आफ्नो आचरण र व्यवहारलाई सुधार गर्दै जनतामैत्री सेवा दिनुपर्ने माग गरेका थिए । उद्योग बाणिज्य संघका पूर्वअध्यक्षद्धय कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, महासंघका महासचिव चिरञ्जीवि ओलीलगायतले आआफ्नो धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘मेरो आदर्श, मेरो विश्वास’ पुस्तक विमोचन

१९ आश्विन २०७८, मंगलवार १६:४५
नेपालगञ्ज : राजनीतिशास्त्रका प्राध्यापक डा. जनार्दन आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’को मंगलवार विमोचन गरिएको छ । राजनीति, प्राध्यापन र कुटनीतिमा रहेको आफ्नो लामो अनुभव समेटेर डा आचार्यको संस्मरणात्मक पुस्तक ‘मेरो आदर्श, मेरो विश्वास’ को नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र प्राध्यापक गोविन्द प्रसाद घिमिरेले संयुक्त रूपमा विमोचन […]

सम्बन्धित