बाँके–दाङको सिमामा बाघको समुहनै देखियो

सदरलाइन संवाददाता १८ आश्विन २०७८, सोमबार १७:४६
 

नेपालगञ्ज : पूर्वपश्चिम राजमार्गअन्तर्गत् बाँकेको सीमानामा रहेको दाङको अमिलिया–रिहार सडकखण्डमा पनि चितुवा र बाघको समुह देखा परेको छ । आइतवार राती लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा राजमार्गमै चितुवा र बाघको समूह देखा परेको भन्दै सावधानी अपनाउन डिभिजन वन कार्यालय लमहीले आग्रह गरेको छ ।

वन कार्यालयले उक्त क्षेत्रमा मोटरसाइकल, पैदलमार्ग र खुला सवारीसाधनबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । सकेसम्म रातको समयमा एक्लै उक्त क्षेत्र भएर हिडँडुल तथा आवतजावत नगर्न वन कार्यालयको आग्रह छ ।


यसअघि बाँकेको गाभरमा पनि बाघहरु देखिरहेका छन् । एक महिना अघि एकजना मान्छेलाई खाएपछि बाघले गाभर, सौरी, खर्चेलगायतमा विचरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा एक युवकको शव भेटियो

१८ आश्विन २०७८, सोमबार १७:४६
नेपालगञ्ज : नेपालगञ्जमा एक युवकको शव भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ गायत्री मन्दिर नजिक खाली जमिनमा १९ वर्षीय रोहित थारुको शव भेटिएको हो । रोहितको परिवार लामो समयदेखि वडा नम्बर १ मा बस्दै आएको थियो । उनीहरुको घर बर्दियाको राजापुरमा रहेको बताइएको छ । बाँके प्रहरी प्रवक्ता […]

सम्बन्धित