नेपाल प्रहरीद्वारा तीन जना सशस्त्र प्रहरी सम्मानित

सदरलाइन संवाददाता १६ आश्विन २०७८, शनिबार १६:०४
 

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीले सशस्त्र प्रहरी बलका तीन जना गोताखोर कर्मचारीहरूलाई सम्मान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.७ बाहिनी मुख्यालय, अत्तरिया, कैलालीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक वीरेन्द्र कार्की, जवानद्वय हरिश भट्ट र तिलक लामालाई सम्मान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयमा शनिवार एक कार्यक्रमका बीच तीनै जनालाई प्रहरी उपरीक्षक विश्व अधिकारीले सम्मान स्वरूप प्रशंसा–पत्र प्रदान गरेका हुन् । भाद्र १८ गते जिल्लाको गोदावरी नगरपालिका–१ बस्ने १० र १४ वर्षका दुई जना बालकहरू बेपत्ता भएका थिए । उनीहरूको खोजतलास गर्दै जाँदा राती मनहरा नदीको किनारमा कपडा फेला परेको थियो ।

त्यस पश्चात् जिल्ला प्रहरी कार्यालय, कैलालीको अनुरोध र समन्वयमा परिचालित भई राती करिब साढे १ बजेको समयमा समेत नदीमा पसी अथक प्रयासका साथ खोजतलास गरिएको थियो । ती बालकहरूको शव उद्धारमा प्रदर्शन गरेको साहस, कार्य दक्षता, लगनशीलता, कर्तव्य परायणता र सहयोगको उच्च सम्मान गर्दै सशस्त्र प्रहरीका तीनै जना कर्मचारीलाई उल्लेखनीय, प्रशंसनीय एवं उत्कृष्ट कार्यको कदर स्वरूप प्रशंसा–पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।


जिल्लामा विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्नमा सशस्त्र प्रहरी बलसँगको समन्वय र सहकार्य उल्लेखनीय एवं प्रभावकारी रहेको प्रहरी उपरीक्षक अधिकारीको भनाई छ ।

यसका लागि सशस्त्र प्रहरी बल नेपाल प्रति आभार व्यक्त गर्दै उनले गुणस्तरीय नागरिक सेवा प्रवाहका लागि यो समन्वय र सहकार्य अझै प्रभावकारी हुँदै जाने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बाघबाट घेरिएका तीन जनाको सकुशल उद्धार

१६ आश्विन २०७८, शनिबार १६:०४
नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ । गाभर निवासी अन्दाजी ५६ बर्षका सेतु ओली, २५ बर्षीया हिरा खड्का, र २४ बर्षीया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग गरि सकुशल उद्धार गरिएको हो । भैंसी र बाख्रा चराउन जंगल गएका […]

सम्बन्धित