भारतसँगको नाका खोल्ने निर्णय बाँकेमा कार्यान्वयन हुन सकेन

सदरलाइन संवाददाता १२ आश्विन २०७८, मंगलवार १५:४१
 

नेपालगञ्ज : सरकारले गएको असोज ७ गतेदेखि नै भारतसँग जोडिएका नाकाहरु खोल्ने निर्णय गरेपनि जमुनाह नाकामा भने त्यो निर्णय कार्यान्वयनमा आउन सकेको छैन् । सिमा नाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवतजावतमा कडाई गरिरहेका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले गृहको परिपत्र नआएका कारण कुन मोडालिटीमा नाका खोल्न दिने भन्ने बिषयमा निर्णय गर्न नसकिएको बताए । नेपालबाट एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र भारतीय मालबाहक ट्रक बाहेक अन्य सर्बसाधारणका सवारी साधनहरुलाई भारत जान दिइएको छैन ।


यस्तै भारतबाट पनि त्यहाँका सुरक्षाकर्मीले एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र मालबाहक सवारी साधनलाई मात्र नेपाल आउन दिइरहेका छन् । नेपाली नागरिकहरु रुपैडिहा, बहराईच लगायत भारतीय बजारमा किनमेलका लागि दैनिक रूपमा जाने गर्छन् ।

तर, सिमा खोल्न नेपाल सरकारले निर्णय गरेपनि कार्यान्वयनमा नल्याउँदा सर्बसाधारणहरुले सास्ती खेपिरहेका छन् । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सरकारले गत बैशाखदेखि नेपालगञ्जस्थित नेपाल–भारत सिमानाका बन्द गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने

१२ आश्विन २०७८, मंगलवार १५:४१
नेपालगञ्ज : नेपाली काँग्रेस बाँकेको अधिवेशन दशैंपछि हुने भएको छ । लामो रस्साकस्सीपछि क्रियाशील सदस्यताको विवाद टुंगिएको काँग्रेस बाँकेमा अधिवेशन भने दशैंपछि हुने भएको हो । बाँकेसहित १३ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने यकिन हुन सकेको छैन । केन्द्रिय निर्वाचन समिति जिल्लाको वडा अधिवेशनको मिति टुंग्याउन छलफलमा रहेको काँग्रेस बाँकेले […]

सम्बन्धित