Sadarline
२०८३ असोज १९ , सोमबार

बाँकेमा शुक्रवार ३३ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको तीन वटा प्रयोगशालामा १९१ जनाको परीक्षण गर्दा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १ सय जनाको परीक्षण गर्दा २१ जना, मेडिकल कलेज कोहलपुरमा ५२ जनाको परीक्षण गर्दा ११ र बागेश्वरी ल्याबमा ३९ जनाको परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेल वलीले जानकारी दिए ।

यस्तै कोरोनामुक्त भएर शुक्रवार ३० जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ३० पुगेको छ ।

प्रकाशित मिति : २०७८ भदौ ११ गते शुक्रबार
ताजा समाचार