नेपालगञ्ज : निषेधाज्ञा उल्लंघन गरी सवारीसाधान चलाएको भन्दै जिल्ला ट्राफिक कार्यालय बाँकेले शुक्रवार दुई सयबढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेर छाडेको छ । जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन शुक्रवार विजोर नम्वरका सवारी साधन चलाएको भन्दै उनीहरुलाई होल्ड गरेर छाडिएको हो ।
कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले जिल्लामा सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरेर सञ्चालनको अनुमति दिएको छ । ब
ाँकेको ट्राफिक प्रमुख राजु भण्डारीका अनुसार जोर प्रणालीका सवारी साधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारीसाधन चलाएको भन्दै १ सय ३ वटा मोटरसाइकल, ६३ वटा अटो र ३६ वटा जीप, कार र भ्यानलाई २ घण्टा होल्ड गरेर छाडिएको हो ।
उनीहरुलाई नियमबारे जानकारी गराउँदै सम्झाई बुझाई छाडिएको उनले जानकारी दिए ।