नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ मा वडा भेला सम्पन्न

सदरलाइन संवाददाता १६ असार २०७८, बुधबार १९:३३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ को वडा भेला सम्पन्न भएको छ । वडा भेलामा आर्थिक वर्ष २०७८/०७९ को बजेटमा योजना छनौट सहितका छलफलहरु भएको कार्यवाहक अध्यक्ष रमेश प्रसाद तिमिल्सिनाले जानकारी दिए ।

सो भेलामा करिव ९७ लाख ७९ हजार बजेट सिलिङ पाएकाले बजेटको सिमितता भित्र योजना बनाउनुपर्ने बाध्यता रहेको वडा सदस्य अकबर शेषले बताए ।


भिड–१९को विषम महामारीका कारण ढिलागरी भएको वडा भेला तथा छलफलमा सहभागी भएकाहरुले आ–आफ्ना योजनाहरु प्रस्तुत गरेका थिए । सामाजिक दुरी र उपस्थित संख्यालाई ख्याल गर्दै कार्यक्रम आयोजना गरिएको थियो । भेलामा विभिन्न राजनीतिक दल, सर्वसाधारण र विभिन्न कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ का स्व अध्यक्ष बिस्नु बहादुर लामाको कोभिड–१९ को कारणले केही महिना अगाडि निधन भयको थियो ।
वडा भेलामा सहभागिले स्व. लामा प्रती श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाको संभावित तेस्रो लहरको तयारीका लागिबि–ग्रुपले दियो स्वास्थ्य सामाग्री

१६ असार २०७८, बुधबार १९:३३
नेपालगञ्ज : कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि युकेएडको आर्थिक सहयोग तथा सेभद चिल्ड्रेनको कन्र्सोटियम लिडमा भेरी बाताबरणिय बिशिष्ठता समुह बि–ग्रुपले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई स्वास्थ्य तथा सरसफाई सामाग्री उपलब्ध गराएको छ । बि–ग्रुपका सचिव टेकबहादुर पुनले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका संयोजक तथा बाँकेका प्रमुख […]

सम्बन्धित