स्वास्थ्य अधिकार विषयमा रिट दायर

सदरलाइन संवाददाता ८ असार २०७८, मंगलवार १७:०६
 


नेपालगञ्ज  : तेस्रो लहरको कोरोना संक्रमणबाट जोगिनको लागि गरिएको तयारी संगै नगरिकको स्वास्थ्यको अधिकारसँग सम्बन्धित विषयमा सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्नको लागि उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा मंगलबार रिट दायर गरिएको छ ।

कोभिड–१९ को संक्रमणबाट हरेक नागरिकलाई वचाउन, थप संक्रमण हुनबाट रोक्न, संक्रमितलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ र उपचार सेवा उपलब्ध गराउन र यस महामारीका कारण भविष्यमा हुन सक्ने थप क्षतिबाट वचाउनका सार्वजनिक सरोकारको विषयमा सरोकारवाला निकायको ध्यान केन्द्रीत गर्ने उद्देश्यले तत्काल व्यवस्थापन गर्न रिट दायर गरिएको हो ।

कोरोना भाईरसकोे दोश्रो भेरियन्टको संक्रमणको जोखिम अझै यथावत रहेको र तेश्रो भेरियन्टको संक्रमण फैलिन सक्ने सम्भावना रहेकोले कोरोना भारईरसको संक्रमण रोकथाम र नियन्त्रण गरी संक्रमितलाई गुणस्तरीय सेवा प्रवाह गर्न गराउनका लागि प्रयाप्त मात्रामा कोभिड वेड, भेन्टिलेटर, आईसियु, अक्सिजन लगायतका आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्न रिट दायर गरिएको हो ।


रिट दायर गर्नेहरुमा इन्सेकका भोला महत एफडब्लुएलडीका सुनिल श्रेष्ठ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष बसन्त गौतम, अधिवक्ताहरू लोकबहादुर शाह, विकास आचार्य, बलबहादुर चन्द, उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरी, फियान नेपाल नेपालगञ्जका प्रमुख अधिवक्ता सुरेश कुमार गौतम निवेदक रहेका छन् ।

रिट निवेदनमा भेरी अस्पताल, भेरी अस्पताल विकास समिति, समितिका अध्यक्ष, जिल्ला प्रशासन कार्यालय बाँके, प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति बाँके, जिल्ला कोभिड—१९संकट व्यवस्थापन संचालन  केन्द्र  बाँके, जिल्ला स्वास्थ्य कार्यालय बाँके र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुबिसुले देशभरमा तीब्रगतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने

८ असार २०७८, मंगलवार १७:०६
नेपालगञ्ज  : ईन्टरनेट सेवा प्रदायक संस्था सुबिसु केबल नेटले नोकियासँगको सहकार्यमा ४०० जीबीपीएस क्षमताको सिंगल अप्टिकल फाइबर नेटवर्क विस्तार गरी देशभर थप उच्च गतिको ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने भएको छ । एक हजार पाँच सय किलोमिटर पूर्व–पश्चिम फैलिएको सुबिसुको नेटवर्कमा उच्च गति क्षमताको फाइबर विस्तार गरेको सुबिसुले जनाएको छ । […]