२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

निषेधाज्ञाको नेपालगञ्जमा संयुक्त अनुगमन (फोटो कथासहित)




नेपालगञ्ज : दोस्रो भेरियन्टको कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा संक्रमण दर ओरालो लाग्दै गर्दा गत बैशाखको दोस्रो सातादेखि निरन्तर जारीे निषेधाज्ञा पछिल्लो समय खुकुलो पार्दै लगिएको छ ।

स्थानीय प्रशाशन, सुरक्षा निकाय, नेपालगन्ज उद्योग व्यापार संघलगायतको संयुक्त प्रयासमा स्वास्थ्यका मापदण्ड प्रयोग गर्दै क्रमिक रुपमा खुकुलो पार्दै लगिएको निषेधाज्ञाको अनुगमन गरिएको हो ।

दोस्रो भेरियन्टको कोरोना संक्रमणको हटस्पट बनेको बाँकेमा गत बैशाख १३ गतेदेखि निरन्तर निषेधज्ञा जारी गरिएको छ । बाँकेका ८ वटा स्थानीय तहमध्ये सबै भन्दा बढी कोरोना संक्रमित भएको नेपालगञ्जमा संक्रमणको दर घट्दो क्रममा रहेकोले निषेधाज्ञा खुकुलो पार्दै लगिएपछि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको नेतृतवमा, नेपालगञ्ज उद्योग बाणिज संघका पदाधिकारी, बाँकेका सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता थियो । फोटो  : रुद्र सुवेदी

प्रकाशित मिति : २०७८ जेठ २५ गते मंगलबार
ताजा समाचार