नेपालगञ्ज : बाँकेस्थित संयुक्त बजार अनुगमन टोलीले बिहीवार नेपालगञ्जका विभिन्न कृषि विउविजन तथा औषधी पसलहरुको अनुगमन गरी म्याद नाघेको सामान नष्ट गरेको छ ।
अनुगमनका क्रममा किसानले प्रयोग गर्न नमिल्ने, म्याद सकिएका करीब ४४ हजार बढी मूल्य बरारबरको खाद्यान्न एवं तरकारीको विजविजन नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए ।
अनुगमनमा बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका निमित्त प्रमुख कृष्णप्रसादा पौडयाल र सूचना अधिकारी चौलागाई, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्मा, कृषि ज्ञान केन्द्रका अधिकृत शकिल अहमद र दिनेशप्रसाद भट्टराई, औषधि व्यवस्था विभागका धनबहादुर बोहरा, अधिवक्ता एवं उपभोक्ता संरक्षण मञ्च बाँकेका अध्यक्ष बसन्त गौतमलगायतको सहभागिता रहेको थियो ।