२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

प्लानको सहयोगमा बर्दियामा ३० लाखबढीको कोभिड बिरुद्धको सहयोगी सामाग्री हस्तान्त्रण




गुलरिया (बर्दिया)  : प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले दोस्रो भेरियन्टको कोरोना संक्रमणका कारण हटस्पट बनेको बर्दियामा संक्रमितको उपचारमा सहयोग पुराउने उद्देश्यले बर्दिया जिल्लामा कार्यरत बिभिन्न गैर सरकारी संस्था मार्फत ३० लाख बढीको स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँके, भेरी बाताबरणिय विशिष्टता समुह बि ग्रुप बाँके र थारु महिला उथ्थान केन्द्र बर्दिया मार्फत प्लान इन्टरनेशनलले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित एक समारोहमा सो सामाग्रीलाई स्याक बाँकेका अध्यक्ष शिवलाल पाण्डे, थारु महिला उत्थान केन्द्र प्रिमा थारु, बि ग्रुपका.बाँकेका दिनेश चौधरी र प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका सुर्खेतका बाल संरक्षण बिज्ञ दुर्गा क्षेत्रीले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी सुनारलाई हस्तान्तरण गरेका हुन ।
सो सामग्री बर्दियामा कोभिड–१९ को उपचार, नियन्त्रण तथा निराकरणको लागि खर्चिने साथै जिल्ला अस्पताल तथा बर्दिया जिल्लाका बिभिन्न पालिकाले स्थापना गरेका आईशोलेशन केन्द्रमा पठाउनका लागि ती संस्थाहरुका प्रमुख तथा प्रतिनिधिलाई प्रजिअ सुनारले हस्तान्त्रण गरेका थिए ।

उपलब्ध गराईएका सामाग्रीहरुमा पीपीई ३ सय ३० सेट, सर्जिकल मास्क २ हजार ५ सय डब्बा, (के एन ९५) माक्स २ हजार पीस, सेनिटाइजरका २ हाजर ३२ बोतल तथा जारहरु, थर्मामिटर, सर्जिकल ग्लोब्स, स्प्रे ट्यांक आदी गरेर ३० लाख १४ हजार रुपियाँ भन्दा बढी मूल्यका सामानहरु रहेका छन् ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनारले संक्रमित एक्कासी ठूलो संख्यामा बढेकोले समस्या भएको तर अहिले आएर चारैतिरबाट सहयोग प्राप्त हुन थालेकोले केही राहात महसुस भएको बताए । उनले यस संकटको घडीमा सहयोग गर्ने सबै संघसंस्थाप्रति आभार पनि प्रकट गरे ।

सामाजिक सचेतन सरोकार मंच स्याक नेपाल बाँकेका अध्यक्ष शिवलाल पाण्डेले सञ्चालन गरेको सो कार्यक्रममा प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका वाल संरक्षण बिज्ञ दुर्गा क्षेत्रीले प्लानले कोभिडविरुद्धको अभियानमा गैर सरकारी संस्थासंग मिलेर अस्पताल तथा बिभिन्न पालिकालाई सहयोग गर्दै यो लडाईमा एक्येबद्धता जनाएको बताइन् ।

बर्दिया जिल्लाको अधिकांश गम्भीर संक्रमितको उपचार गर्दै आएको बर्दिया अस्पताल बिभिन्न स्थानीय तह र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको स्याक नेपाल बाँकेका अध्यक्ष पाण्डेले जानकारी दिए ।

सो अवसरमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका प्रतितिधी, जिल्ला गैर सरकारी संस्था महासंघ बर्दियाकाका अध्यक्ष बिष्णु तिमल्सेना, बर्दिया जिल्लाका कृयाशिल सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ जेठ १३ गते बिहीबार
ताजा समाचार