२०८३ कात्तिक १२ , बुधबार
Sadarline
२०८३ कात्तिक १२ , बुधबार

अंजनीमाता रसोईलाई अनेरास्ववियुको सहयोग




नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा संचालित अंजनी माता रसोई सुन्दरकाण्ड मित्र मण्डललाई सहयोगी हातहरुले सहयोग गर्ने क्रम जारी छ ।

अस्पतालका विरामी, कुरुवा तथा निषेधाज्ञाको कारण खाना खान समस्यामा रहेकाहरुका लागि २० रुपैयामा एक छाक खाना खुबवाउदै आएको अंजनी माता रसोईलाई पछिल्लो समयमा एमाले निकट अनेरास्ववियुले पिउने पानी, विस्कुट र मास्क सहयोग गरेको छ ।

अनेरास्ववियुका जिल्ला सचिव प्रकाश विश्वकर्माको नेतृत्वमा गएको टोलीले अंजनी माता रसोईका सञ्चालक तथा सुन्दरकाण्ड मित्र मण्डलका अध्यक्ष बिनोद राठीलाई सो सहयोग हस्तान्त्रण गरेका हुन ।

प्रकाशित मिति : २०७८ जेठ ५ गते बुधबार
ताजा समाचार